काठमाडौं । काठमाडौं महानगरपालिका(३ बाँसबारीमा साढे दुई तले घर भासिएको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार बिहीबार राति करिब ८ बजेतिर साढे दुई तले घर भासिएको हो ।
उक्त घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो ।
घर भासिने समयमा मानिस नरहेकोले कुनै पनि मानवीय क्षति नभएको महानगरले जनाएको छ ।
वर्षाका कारण उक्त घर भासिएको महानगरले जनाएको छ ।
प्रहरी वृत्त महारागञ्जका अनुसार उक्त घर क्षेत्र वरपर अन्य घर पनि जोखिमा रहेकाले सचेत अपनाउ आग्रह गरिएको छ ।
५ भदौ २०८३, शुक्रबार १२:१३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com