काठमाण्डौं । विपक्षीहरूको नाराबाजी र धकेलाधकेलबीच प्रतिनिधिसभा नियमावली पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिवेदन पेस गर्नुभएको थियो ।
प्रतिवेदन सभामुख डीपी अर्यालले निर्णायार्थ पेश गर्ने तयारी गरेलगत्तै प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेका थिए । नियमावली संविधान र प्रचलित कानुनसँग बाझिने भन्दै कतिपय प्रावधान सच्याएर नियमावली पारित गर्नुपर्ने विपक्षी दलका सांसदहरुको अडान थियो ।
सभामुख अर्यालले विपक्षीको माग बेवास्ता गर्दै निर्णायार्थ पेश गरेपछि विपक्षी सांसदहरूले वेल घेराउ गरेका थिए । एमाले सांसद ऐन महरसहितले उफ्रिँदै वेल घेराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए । विपक्षी सांसदहरुले नाराबाजी गर्दै विरोध गरे पनि सभामुख अर्यालले प्रतिवेदन पारित भएका घोषणा गर्नुभयो ।
नियमावलीमा सांसदहरूका लागि विशेषाधिकार हुने उल्लेख छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com