info@nawayug.com

विभिन्न ठाउँमा भएका दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित ६ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सिरहा, बारा, धनुषा, नवलपरासी पूर्व, गोरखा र कास्कीमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

सिरहाको गोलबजारमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय लटल सदाय, बाराको चुरियामाईमा ट्रक र मोटरसाइकल ठोक्किँदा २१ वर्षीय निराजन यादव तथा धनुषाको मिथिला बिहारीमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय राहुल साहको मृत्यु भएको छ ।

त्यस्तै, नवलपरासी पूर्वको कावासोतीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक महिनाका मायुस सारू, गोरखा नगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय महेश बानिया र पोखरा महानगरपालिका–६ जरेवरमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय देव तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न केही सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया