काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो।
सभामुख डोल प्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपतिले यो निर्णय लिएका हुन्। संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि, वैशाख १७ गते सङ्घीय संसद्का महासचिव र सचिवको सेवा सर्त र सुविधासम्बन्धी ऐनको दफा ६ को खण्ड (ङ) मा भएको व्यवस्था अनुसार सभामुखले सचिव राईलाई स्पष्टीकरण सोधेका थिए । यस अनुसार सचिव राईले वैशाख २१ सोधेको स्पष्टीकरणको जवाफ बुझाएका थिए ।
कार्यक्षमता नदेखिएमा र पदीय जिम्मेवारीमा जवाफदेही नभएको खण्डमा स्पष्टीकरण सोधेर हटाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने व्यवस्था छ । तर हटाउनुअघि सफाइको मौका दिनुपर्ने हुन्छ । सोहीअनुसार स्पष्टीकरण सोधिएको थिए ।
तत्कालीन सभामुख देवराज घिमिरेको सिफारिसमा २०८१ पुस १६ गते राई सचिव नियुक्तिका लागि सिफारिस भएका थिए ।
संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com