info@nawayug.com

तत्कालका लागि करदाता प्रोत्साहन कार्यक्रम स्थगित

काठमाण्डाै । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।

विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो । भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो ।

विभागले आज (भदौ १६) गते छनाेट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज १ गते सञ्चालन गर्ने उल्लेख गरेको छ । 


प्रतिक्रिया