काठमाण्डाै । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
भेटमा खोज, उद्धार, राहत वितरण, प्रभावित नागरिकको पुनर्स्थापनालगायतका विषयमा छलफल भएको थियो ।
यस्तै आजै प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीका कारण निम्तिएको सङ्कट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग गर्नुभएको छुट्टाछुट्टै छलफलमा अहिलेसम्म भएका खोज, उद्धार, राहत वितरण तथा व्यवस्थापनका विषयमा ‘ब्रिफिङ’ लिनुभएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दाहालले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com