info@nawayug.com

स्कारपियो चलाउँदै गरेका चालक बेहोस भई मृत्यु

मकवानपुर । झापाको कमल गाउँपालिका–५ सितापुरी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो चलाइरहेका एक चालक अचानक बेहोस भई मृत्यु भएको छ ।

बिहीबार साँझ करिब ६:३० बजे बिर्तामोडबाट मोरङको पथरीतर्फ जाँदै गरेको प्रदेश नं. १–०४–००१ च ००८० नम्बरको स्कारपियोका चालक पथरी नगरपालिका वडा नम्बर ९ निवासी ४५ वर्षीय योगेश धिमाल गाडी चलाइरहेका बेला अचानक असहज महसुस गर्दै बेहोस भएका थिए ।

अवस्था बिग्रँदै गएपछि उनले सजगतापूर्वक गाडी सडक किनारामा रोकेका थिए। गाडीमा सवार यात्रुहरूले पटक–पटक बोलाउँदा पनि कुनै प्रतिक्रिया नआएपछि स्थानीयको सहयोगमा उनलाई तत्काल दमकस्थित निम्स अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारका क्रममा साँझ करिब ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

मृतक धिमालको शव पोस्टमार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया