काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई ‘न्यायको सुरुवात’को रूपमा व्याख्या गरेका छन्।
ओली र लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले कानून सबैभन्दा माथि हुने स्पष्ट पारेका हुन्।
उनले लेखेका छन्, “‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।”
गुरुङले अब देशले नयाँ दिशा लिने दाबीसमेत गरेका छन्।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले आज बिहानै दुवै नेतालाई पक्राउ गरेको हो।
१४ चैत २०८२, शनिवार ०७:०८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com