info@nawayug.com

स्कुल बस र अटो ठोक्किँदा तीन जनाको मृत्यु

काठमाण्डाै । उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।

अरू दुई जना घाइते भएका छन् । विपरीत दिशामा गइरहेका स्कुल बस र अटो बेलका नगरपालिका–५ जहडामा एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आज बिहान पौने १० बजेतिर भएको दुर्घटनामा अटोमा रहेका पाँच जना सबै घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल धरान लगिएकोमा उपचारका क्रममा अटो चालक बेलका नगरपालिका–५ का २८ वर्षीय इन्द्र थापा, बेलका–५ कै ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया