info@nawayug.com

उत्तर–पश्चिम सर्दै गालको खाडीमा विकसित प्रणाली, अरिघोप्टे वर्षाको सम्भावना

काठमाण्डौ । आज र भोलि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर आज शनिवार र भोलि आइतवार मनसुन थप सक्रिय भई ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

मुसलधारे तथा अरिघोप्टे वर्षा हुने भएकाले त्यसबाट हुन सक्ने क्षतिबाट जोगिन महाशाखाले सबै नागरिकलाई सतर्क रहन सुझाव दिएको हो । महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तर–पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने सम्भावना छ ।

आज र भोलि मनसुनी गतिविधि बढ्न गई देशका हिमालीरपहाडी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एकरदुई ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया