काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका सहकर्मी तथा पुराना कम्युनिष्ट नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
ओलीले दुवाकोटस्थित क्यान्सर अस्पताल पुगेर बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका हुन् । महासचिव शंकर पोखरेललगायत एमालेका नेता तथा कार्यकर्ताले पनि अस्पताल पुगेर बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
बस्नेतको निधनपछि एमालेले आजका लागि तय गरेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम स्थगित गरेको छ । उक्त कार्यक्रम भोलि दिउँसो ३ बजेका लागि सारिएको एमालेले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार बस्नेतको आजै पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहमा अन्त्येष्टि गरिनेछ ।
२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए । पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए ।
लामो समयदेखि क्यान्सरबाट पीडित बस्नेतको गएराति उपचारका क्रममा निधन भएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com