info@nawayug.com

हेटौँडामा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

हेटौँडा । ६ स्थित चौघडा चोकमा शनिबार भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार कान्तिलोकपथ सडकखण्डमा हेटौँडाबाट चुच्चे खोलातर्फ जाँदै गरेको बा ६५ प ४१३९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००१ ख ५९९८ नम्बरको खाली टेलरले ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–६ निवासी ५५ वर्षीय तिलक राउत तथा पछाडि सवार हेटौँडा–७ निवासी ६० वर्षीय रेवती प्रसाद चौलागाईं घाइते भएका छन्।

घाइते दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न टेलर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया