काठमाण्डौं । मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि थप वर्षाको सम्भावना रहेको जनाएको छ ।
अहिले दिउँसो पनि काठमाण्डौ उपत्यकासहित सबै प्रदेशका थोरै जिल्लामा पानी परिरहेको छ । पछिल्लो १ घण्टामा सबैभन्दा धेरै पर्साको ठोरीमा २०.६ मिलिमिटर पानी परेको छ ।
मनसुनी वायुको प्रभावका कारण देशका धेरै ठाउँमा रातिदेखि मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ । मौसमविद् बिनु महर्जनका अनुसार देशका पहाडी भागका धेरै ठाउँ तथा हिमाली र तराई क्षेत्रका केही ठाउँमा भोलि दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ ।
विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको अनि नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । त्यस्तै लामो दूरीको यात्रामा निस्कनुअघि मौसम र सडकको अवस्था बुझ्न सुझाव छ ।
३३ असार २०८३, शुक्रबार ०४:३९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com