info@nawayug.com

अर्जेन्टिनामाथि फिफाको अनुशासनात्मक कारबाही प्रक्रिया सुरु

काठमाण्डाै । विश्वकपको फाइनलमा स्पेनसँगको हारपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनात्मक कारबाही प्रक्रिया शुरू गरेको छ ।

गएको हप्ता विश्व फुटबलको सर्वाेच्च निकालय फिफाले अमेरिकाको न्युयोर्क न्यु जर्सी रङ्गशालामा भएको विश्वकप फाइनलपछि घटेको घटनाको छानबिन गर्न एक अनुशासनात्मक तथा आचारसंहितासम्बन्धी अभियोजक नियुक्त गरेको छ ।

विश्वकप फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाडी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाडीहरूसँग विवादमा मुछिएका थिए ।

अभियोजकको सिफारिशमा फिफाले आफ्नो आचारसंहिताको धारा १४ अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिनाका खेलाडीहरू नहुएल मोलिना र लिआन्ड्रो पारेडेस तथा सहायक प्रशिक्षक रोबर्टो आयालामाथि अनुसन्धान गर्नेछ ।

फिफाको अनुशासन संहिताअनुसार खेलभावना विपरीतको आचरणका लागि खेलाडी तथा पदाधिकारीहरू कम्तीमा १ खेलको निलम्बनमा पर्छन् भने कुटपिटका लागि कम्तीमा ३ खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया