काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्री राखेर फोहोर गर्ने विरुद्ध कडा कदम चाल्दै आएको छ । यसै क्रममा महानगरपालिकाको वडा नम्बर ३ स्थित सडकमा माटो खसाली फोहोर गरेको पाइएपछि महानगर प्रहरी बलले एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
वडा नम्बर ३ स्थित थाई एम्बेसी (राजदूतावास) अगाडि नयाँ घर निर्माण गर्ने क्रममा सडकमा माटो खसालिएको थियो । निर्माण कार्यका दौरान सडकमा जथाभाबी माटो फालेर सार्वजनिक स्थान फोहोर गरेको तथा वातावरण प्रदूषण गरेको भन्दै महानगर प्रहरीले सम्बन्धित व्यक्ति मनोज उप्रेतीलाई उक्त रकम जरिवाना गरेको जानकारी दिएको छ ।
पछिल्लो समय सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्री थुपार्ने र फोहोर गरी सहरी सौन्दर्यमा असर पुर्याउने कार्य बढ्न थालेपछि महानगरले त्यस्ता कार्यलाई निरुत्साहित गर्दै आएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com