काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौँको महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको हो।
जबरा विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। यद्यपि, उजुरीमा के विषय समेटिएको छ भन्ने विवरण भने सार्वजनिक भइसकेको छैन।
जबराले २०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए।
उनीविरुद्धको महाभियोग प्रस्ताव पारित हुन सकेन। तर, निलम्बनपछि जबरा सर्वोच्च अदालतमा पुनः फर्किन पाएनन्।
११ असोज २०८३, आईतबार १२:४७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com