हेटौँडा । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण काठमाडौँ जोड्ने प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएपछि आइतबार हेटौँडामा सवारीसाधनको चाप बढेको छ।
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडकका विभिन्न स्थानमा अवरोध भएपछि काठमाडौँतर्फ जाने मालवाहक ट्रक तथा यात्रुवाहक बस वैकल्पिक मार्गतर्फ मोडिएका छन्।
हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ, फाखेल र सिस्नेरी सडकमा समेत विभिन्न स्थानमा अवरोध भएपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको हो।
सडकको अवस्था र सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले सवारी सञ्चालनको समय तथा भारसम्बन्धी सीमा निर्धारण गरेको छ। यसका कारण हेटौँडामा काठमाडौँतर्फ जाने मालवाहक सवारी तथा यात्रुवाहक बसको लामो लाइन लागेको छ।
वैकल्पिक मार्गमा समेत सवारीको चाप बढेपछि यात्रु तथा चालकले लामो समयसम्म सडक खुल्ने प्रतीक्षा गर्नुपरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com