काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गर्ने तयारी गरिएको छ ।
आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो ।
उपचारमा संलग्न एक चिकित्सिकले बताए अनुसार, उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ ।
उनी अस्पताल पुग्दा नै बोल्न नसक्ने अवस्थामा रहेको वीर अस्पतालका प्लास्टिक सर्जन डा। पियूष दाहालले जानकारी दिए ।
‘५० प्रतिशतभन्दा बढी नै जलेको छ । उहाँ आउँदा बोल्नु नसक्ने हुनुहुन्थ्यो,’ उनले भने, ‘प्रारम्भिक सर्जरी गर्नुपर्ने छ । त्यसपछि आईसीयूमा राख्ने तयारी गरिएको छ ।’
राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आए का थिए । घटनाका बेला उनका श्रीमती र छोरा घरमा नरहेको पाइएको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले बताए ।
उनले आत्मदाहको प्रयासको कारण भने नखुलेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com