info@nawayug.com

पेट्रोल छर्केर जलेका विवेक मण्डलले पनि गुमाए ज्यान

काठमाण्डौ । पेट्रोल छर्केर जलेका सर्लाहीको गोडैता नगरपालिका–१० का विवेक मण्डलको उपचारका क्रममा ज्यान गएको छ ।

गएको शुक्रबार हेलिकप्टरबाट काठमाण्डौ ल्याइएका मण्डलको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएको हो । मण्डलको आईसीयूमा उपचारका  क्रममा ज्यान गएको अस्पतालका प्लास्टिक सर्जन प्रा.डा शंकरमान राईले जानकारी दिनुभयो ।

मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको थियो । मण्डलसहित पछिल्लो पटक यस्तै घटनामा तीन जनाको ज्यान गएको छ । यसअघि, मुगुका गणेश नेपाली र  काठमाण्डौका आश्विन राउतको पनि ज्यान गएको थियो । 

प्रतिक्रिया