info@nawayug.com

डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

काठमाण्डौं । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

धनगढीबाट दार्चुलाका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १८५० नम्बरको जीप गएराति दुर्घटना हुँदा दार्चुलाका दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँकाअनुसार दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र त्यही ठाउँका २० वर्षीय हुम लोथ्यालको ज्यान गएको हो । जीपमा रहेका अरु तीन जना घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया