रूपन्देही । नवलपरासीको परासीस्थित सेतोपुलमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ ।
भैरहवाबाट पूर्वतर्फ जाँदै गरेको लु.प्र.प. ०१-००९ प ९६१९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको सु.प.प्र. ०१-००१ ख ३४९७ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए ।
दुर्घटनामा मृत्यु भएका ४५ वर्षीय पोखरेल रूपन्देहीको तिलोत्तमा नगरपालिका–१३, भलवाडी निवासी हुन् । उनी रूपन्देहीबाट अग्निपरीक्षा साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए ।
पोखरेलको शव पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल, परासीमा राखिएको छ । दुर्घटना गराउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१३ कार्तिक २०८३, शुक्रबार ०३:३६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com