info@nawayug.com

आज ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ ।

साथै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै तथा लुम्बिनी  प्रदेशको  पहाडी र तराई भू–भागको एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो पानी पर्ने ठाउँका नदी आसपासमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । गए राति पनि केही ठाउँमा मध्यमदेखि ठूलो पानी परेको थियो । 

प्रतिक्रिया