काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ ।
आजदेखि साना यात्रुवाहक गाडीलाई लागि आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको हो । मकवानपुर प्रशासनका अनुसार १४ सिटभन्दा कम क्षमताका गाडी भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाण्डौ आउनेछन् ।
काठमाण्डौबाट हेटौँडा जाने गाडी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै सञ्चालन हुनेछन् । मालवाहक तथा ठूला यात्रुवाहक गाडीले काठमाण्डौ आउँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ ।
खाद्यान्न, खाना पकाउने ग्यास, चिनी, दूध, तरकारी लगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडीलाई प्राथमिकतामा आधारमा सञ्चालन गर्ने गरी नयाँ व्यवस्था मिलाइएको हो । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाण्डौ आवतजावत गर्ने गाडीको चाप बढेको छ ।
नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय गाडी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com