घोराही । जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका २५ वर्ष कैद सजाय तोकिएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका –१३ बनगाउँ निवासी ३३ वर्षीय गोरे भन्ने गोविन्द विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार विकलाई दाङ जिल्ला अदालतले २०७८ जेठ २८ गते २५ वर्ष कैद सजाय सुनाइएको थियो । सजाय भुक्तानका क्रममा कारागार कार्यालय तुलसीपुरमा रहेका विक २०८२ भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए ।
फरार अभियुक्तको खोजतलासको क्रममा प्रहरीले २०८३ असार २७ गते राति घोराही उपमहानगरपालिका –१३ बनगाउँस्थित लुकिछिपी बसेको अवस्थामा विकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक डा. केसीले जानकारी दिनुभयो । पक्राउ परेका विकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार पठाउने तयारी गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com