info@nawayug.com

खुश्बुको प्रश्न– छानबिन नगरी कसरी प्रहरीको गोलीबाट मृत्यु भएको निष्कर्ष निस्कियाे ?

काठमाडौं । राप्रपा सांसद खुश्बु ओलीले प्रधानमन्त्रीले प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै लेखेको स्टाटसमा प्रश्न उठाएकी छन् ।

अनुसन्धान नै नगरी प्रधानमन्त्रीले स्टाटसमा प्रहरीको गोलीबाट मृत्यु भएको बताएको भन्दै कुन अध्ययनले प्रहरीको गोलीबाट मृत्यु भएको पुष्टि भएको हो भन्दै प्रश्न उठाइन् । 

आफूहरुको प्रश्न कसले चलाएको गोलीबाट मृत्यु भएको भन्ने पनि रहेको बताइन् । “हाम्रो प्रश्न कसको गालीबाट युवकको मृत्यु भएको हो, जवाफ चाहिन्छ,” उनले भनिन् ।
 

प्रतिक्रिया