काठमाण्डौं । धनुषामा दृष्टिबन्धकमा राखेको जग्गा बैङ्कमा राखेर चार करोड रुपैयाँ ठगी गरेको आरोपमा एकै परिवारका तीन जना पक्राउ परेका छन् ।
मिटरब्याज तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो ।
जनकपुरधाम उपमहानगरपालिका–२ निवासी गोविन्द कुमार साहले व्यापार व्यवसाय गर्नका लागि गोपाल साहसँग जग्गा दृष्टिबन्धकमा राखी कपाली तमसुक गरेर ९९ लाख रुपैयाँ ऋण लिएका थिए । गोविन्द साहले दृष्टिबन्धकमा रजिष्ट्रेशन गरिदिएको जग्गापछि जग्गाधनीलाई थाहै नदिई गोपाल साहसहित तीनै जनाले बैङ्कमा धितो राखी चार करोड रुपैयाँ ऋण लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
प्रहरीले जनकपुरधाममा रहेको गोपाल साहको घरबाट जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप र विभिन्न छाप तथा नक्साहरू बरामद गरेको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com