काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्राउलाई ‘प्रतिशोधपूर्ण’ भन्दै यसको विरुद्ध कानुनी रूपमा लड्ने बताएका छन्।
जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको आरोपमा शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्। पक्राउ पुर्जी लिएर प्रहरी निवास पुगेपछि उनले तत्काल आफ्ना कानुन व्यवसायीहरूसँग परामर्श गरेका थिए।
परामर्शका क्रममा ओलीले भने, “यो पक्राउ प्रतिशोधपूर्ण छ, यसको विरुद्ध कानुनी लडाईं लड्छु, तपाईंहरू तयारीमा लाग्नुहोस्।”
उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग छलफल गरेका थिए।
उक्त भेटमा सहभागी वरिष्ठ अधिवक्ता भट्टराईले पनि पक्राउ प्रक्रियामाथि प्रश्न उठाएका छन्। उनका अनुसार यो कदम कानुनी आधारबिना गरिएको देखिन्छ। “प्रथम दृष्टिमै यो पक्राउ गलत र गैरकानुनी देखिन्छ,” उनले प्रतिक्रिया दिए।
ओलीले अब आफ्नो पक्राउविरुद्ध अदालतमार्फत कानुनी चुनौती दिने तयारी गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com