इरान । इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई ९० प्रतिशत शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीचको युद्धविरामलाई ‘व्यापक जीवनको क्षति हुनबाट जोगाउने’ कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले उक्त टिप्पणी गरेका हुन् ।
“अर्को आक्रमण भएको खण्डमा इरानको विकल्पहरू मध्ये एक ९० प्रतिशत (युरेनियम) संवर्धन हुन सक्छ। हामी संसदमा यसको समीक्षा गर्नेछौँ,” रेजाईले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीले सोमबार देशको आणविक प्रविधि र युरेनियम संवर्धनमा कुनै सम्झौता गर्न नसकिने बताएका थिए ।
फेब्रुअरी २८ मा तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको ४० दिनको लडाइँपछि इरान, संयुक्त राज्य अमेरिका र इजरायलले अप्रिल ८ देखि युद्धविराम घोषणा गरेका छन् ।
युद्धविरामपछि इरानी र अमेरिकी प्रतिनिधिमण्डलहरूले अप्रिल ११ र १२ मा पाकिस्तानको राजधानी इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका थिए, तर त्यसमा सहमति हुन सकेन।
विगतमा दुई पक्षहरूले पाकिस्तानको मध्यस्थतामा द्वन्द्व अन्त्य गर्नका लागि सर्तहरू प्रस्तुत गर्दै धेरै प्रस्तावित योजनाहरू आदानप्रदान गरेका छन्। अमेरिकी राष्ट्रपतिले युद्ध अन्त्य गर्न प्रस्ताव गरेको पछिल्लो सन्देशमा इरानले आइतबार प्रतिक्रिया दिएको थियो र ट्रम्पले यसलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भनेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com