सुलीकोट । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा भेटिएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखाको त्रिशूली नदी किनारमा भेटिएको हो ।
गोरखा जिल्लातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा खोजी गर्ने क्रममा शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।
हुम्लाको ताजाकोट गाउँपालिका– २ स्थायी घर रहेको उहाँ रसुवाको टिमुरे भन्सार कार्यालयमा अधिकृतका रूपमा कार्यरत रहेका बेला भोटेकोशी बाढीले बगाएको थियो । शव पहिचान गरी परिवारले बुझेको श्रेष्ठले जानकारी दिनुभयो ।
त्रिशूली नदीले बगाएर ल्याएको शवको खोजी तथा पहिचानको क्रम अझै जारी छ । गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा मात्रै हालसम्म ६५ जनाको शव फेला पारिसकेको प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com