जनकपुरधाम । जनकपुरधामदेखि काठमाडौं पैदल मार्चमा निस्किएका मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ पुगेका छन् ।
बिहानै गृहमन्त्री गुरुङ आउने खबर पाएपछि उनीहरू निजगढमै रोक्किएका थिए ।
उनीहरूसँग गुरुङले माग तथा समस्याबारे जानकारी लिएको बताइएको छ । राति बास बसेको उद्योग बाणिज्य संघ निजगढको सभाल हलमा संवाद भइरहेको मिटरब्याज पीडितका नेता मनोज पासवानले बताए ।
मिटरब्याज पीडितहरूले तमसुक जलाएर जनकपुरको तिरहुतियागाछीबाट ६ दिनअघि पैदल मार्च सुरू गरेका थिए ।
वालेन्द्र साहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्यजबाट पीडित भएकाहरूको समस्या समाधान गर्ने उद्घोष गरेता पनि १०० दिन बितिसक्दा पनि आफूहरुलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ ।
उनीहरूले तमसुक व्यवस्था खारेज गरिनुपर्ने, मिटरब्याज पीडितको पक्षमा विशेष ऐन ल्याउनुपर्ने, पीडितहरूको चल-अचल सबै सम्पत्ति फिर्ता गरिनुपर्ने लगायत माग राखेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com