काठमाण्डाै । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ समारोहमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुन भएन । अरू केही पूर्वप्रधानमन्त्रीहरू सहभागी हुनुभयो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो आयोजित शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी हुनुभयो । त्यस्तै अन्तरिम सरकारका प्रमुख सुशीला कार्की, पूर्वराष्ट्रपति डा. रामवरण यादव, सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि समारोहमा सहभागी हुनुभयो ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा भने विदेशमा हुनुहुन्छ ।
१३ चैत २०८२, शुक्रबार ०२:४५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com