काठमाण्डौ । धादिङ र चितवनमा वर्षा र पहिरोका कारण अवरुद्ध सडक बिहानदेखि खुलेको छ ।
लगातार जसो पानी परेर सडक अवरुद्ध हुँदा प्रहरीले हिजो बेलुकादेखि लामो दूरीका गाडीलाई काठमाण्डौमा रोकेको थियो । अवरुद्ध सडकको पहिरो पन्छाएसँगै नागढुङ्गा–मुग्लिन–नारायणगढमा गाडी चल्न थालेका प्रहरीले जनाएको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार बिहान ८ बजेदेखि गाडी चल्न थालेका हुन् । यसअघि हिजो बेलुकादेखि मुग्लिन–नारायणगढ सडक खण्ड पहिरोका कारण अवरुद्ध थियो ।
आज बिहान मेशिन परिचालन गरी जलविरेसहित विभिन्न ठाउँको पहिरो हटाएसँगै सडक दुईतर्फी नै सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ । यस्तै नागढुङ्गमा चर्केको सडक पनि खुलाइएको धादिङ प्रहरीले जनाएको छ । अहिले गाडीको चाप हुँदा लेन अनुशासनको पालना गरी गाडी चलाउन चालकलाई ट्राफिक प्रहरीको आग्रह छ ।
बीपी राजमार्गको रोशी खोला र कान्ति लोकपथलगायतका ठाउँमा भने लेदोसहितको पहिरो गएकाले गाडी चलाउन समस्या छ । फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौँडा पुग्ने सडक पनि बन्द छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com