जेरुसेलम । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनानसँगको युद्ध-विरामको बावजुत हेजबुल्लाहले इजरायल तथा इजरायली समुदायमाथि आक्रमण गरेमा लेबनानको सेनालाई बेरुतमा आक्रमण गर्ने “स्वतन्त्रता” प्रदान गरेको र दक्षिणी लेबनानमा अपरेसन जारी रहने बताउनु भएको छ ।
काट्जले विज्ञप्ति जारी गर्दै आईडीएफले आफ्नो अपरेसन जारी राख्ने बताउनुभएको छ भने युद्ध-विराम सम्झौताको प्रशंसा गर्नुभएको छ । इजरायली सेनाले इजरायली समुदाय र इजरायली क्षेत्रमा गोली हानाहानको प्रतिक्रियामा बेरुतमा आक्रमण गर्न अमेरिकी समर्थनका साथ स्वतन्त्रता कायम राखेको उहाँले बताउनुभएको छ । गत अप्रिल-१७ मा प्रारम्भिक युद्ध-विराम लागु भएदेखि इजरायलले आफ्नो उत्तरी सीमाबाट केहि टाढा लेबनानको क्षेत्रभित्रको क्षेत्रमा पनि संकेत रेखा स्थापना गरेको जनाइएको छ ।
काट्जले वासिङ्टनको मध्यस्थतामा भएको पछिल्लो युद्ध-विराम सम्झौताले लेबनानमा हेजबुल्लाहलाई निशस्त्र बनाउन आह्वान गरेको बताउनुभएको छ । युद्ध-विरामले “लिटानी नदीको दक्षिणको सम्पूर्ण क्षेत्रबाट हेजबुल्लाहलाई हटाउने र त्यस क्षेत्रलाई एक सैन्य मुक्ति क्षेत्रका रुपमा सिर्जना गर्ने शर्त राखेको उहाँले उल्लेख गर्नुभएको छ ।
इजरायली सेनाको अरबी भाषाका प्रवक्ता, कर्नल अविचे अद्राईले दक्षिणी लेबनानका बासिन्दालाई अर्को सूचना नआउन्जेल जह्रानी नदीको दक्षिण तिरको क्षेत्रमा नजान चेतावनी दिनुभएको छ । इजरायली रक्षा बलले हेजबुल्लाह सुविधा र उनीहरुका सैन्य पूर्वाधारलाई लक्षित गरी आक्रमण तथा अप्रेसन गरिरहेको उल्लेख गर्दै दक्षिणी लेबनानमा लडाइँ जारी रहेको उहाँले सामाजिक सञ्जाल एक्समार्फत बताउनुभएको छ ।
गत हप्ता, इजरायली सेनाले लेबनानको जह्रानी नदीको दक्षिणका सबै क्षेत्र तथा सीमाबाट करिब ४० किलोमिटर टाढा तथा टायर र नबातीह सहरसहितका क्षेत्रलाई “युद्ध क्षेत्र” घोषित गर्दै बासिन्दालाई उक्त स्थान छिट्टै खाली गर्न आह्वान गरेको थियो । रासस/एएफपी
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com