info@nawayug.com

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज आयोजना हुने भएको छ। मंगलबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आज दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो।

पार्टी सचिव महेश बस्नेत का अनुसार बैठक पार्टी कार्यालयमै सञ्चालन हुनेछ। प्रतिनिधिसभाको पहिलो बैठक भोलि बस्ने तय भइसकेको छ। आज बस्ने संसदीय दलको बैठकले दलको नेता चयन गर्ने तयारी गरेको जनाइएको छ।

यसअघि मंगलबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउप्रति विरोध जनाउँदै राजनीतिक तथा कानुनी रूपमा प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको थियो। सोही विषयलाई लिएर पार्टीले संसदमार्फत पनि विरोध जनाउने तयारी गरेको छ।

प्रतिक्रिया