काठमाण्डौं । विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ गोलले हराएपछि अर्जेन्टिनाका खेलाडीहरूले ब्यानर प्रदर्शन गरेको विषयमा फिफाले अनुसन्धान सुरू गरेको छ। खेलपछि खेलाडीहरूले 'लास माल्भिनास सोन अर्जेन्टिनास' (फकल्याण्ड टापु अर्जेन्टिनाको हो) लेखिएको ब्यानर देखाएका थिए।
अमेरिकाको एटलान्टामा भएको खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले हराउँदै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको थियो। जितपछि खेलाडीहरूले दक्षिण एटलान्टिक महासागरमा रहेको 'फकल्याण्ड टापु' माथि आफ्नो देशको दाबी गर्दै ब्यानर प्रदर्शन गरे। यस टापुलाई लिएर बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि विवाद छ।
फिफाका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै 'म्याच रिपोर्ट' को अध्ययन भइरहेको र फिफाको अनुशासन नियम अनुसार आवश्यक कदम चालिने बताएका छन्। फिफाको नियम अनुसार खेलका क्रममा कुनै पनि राजनीतिक सन्देश दिन पाइँदैन। यसअघि सन् २०१४ मा पनि यस्तै ब्यानर प्रदर्शन गर्दा अर्जेन्टिनालाई २० हजार पाउण्ड जरिवाना गरिएको थियो।
बेलायती प्रधानमन्त्रीको कार्यालयले फिफाको अनुसन्धानलाई समर्थन गर्दै भनेको छ, ‘विश्वकप हाम्रो नभए पनि फकल्याण्ड टापु पक्कै हाम्रो हो।‘
अर्जेन्टिनाका राष्ट्रपति जाभियर माइलीले खेलाडीहरूको भावनालाई 'बुझ्न सकिने' र 'मान्य' भनेका छन्। यद्यपि, उनले खेलमैदानको कुरा कूटनीतिभन्दा फरक हुने र अर्जेन्टिनाले कूटनीतिक तवरबाटै सो टापु फिर्ता लिने बताएका छन्।
सन् १९८२ मा ७४ दिनसम्म चलेको युद्धमा ६४९ अर्जेन्टिनी र २५५ बेलायती सैनिकको ज्यान गएको थियो। सन् २०१३ मा भएको जनमत संग्रहमा त्यहाँका जनताले बेलायतकै पक्षमा रहने मतदान गरेका थिए।
यो विवादले अर्जेन्टिनाले फाइनल खेल्न नपाउने सम्भावना छैन। तर, ब्यानर समात्ने खेलाडीलाई स्पेनविरुद्धको फाइनल खेलमा प्रतिबन्ध लाग्न सक्छ।
बेलायती नेता एड डेभीले यसअघि स्पेनका खेलाडीहरू (मोराटा र रोड्री) लाई 'जिब्राल्टर' विवादमा प्रतिबन्ध लगाएको उदाहरण दिँदै अर्जेन्टिनी खेलाडीलाई पनि प्रतिबन्ध लगाउन माग गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com