काठमाण्डाै । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा अरू १८ जना घाइते भएका छन् ।
आज बिहान सवा १० बजे ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकको ओभरपासकाे भित्तामा बस ठोक्किएर दुर्घटना भएको हो । कोटेश्वर हुँदै सातदोबाटोतर्फ गुडिरहेको बा २ ख ३५९० नम्बरको मध्यपुर यातायात बस अनियन्त्रित भएर भित्तामा ठोक्किएको हो ।
दुर्घटनामा दोलखाको शैलुङ गाउँपालिका घर भई अहिले भक्तपुरको सूर्यविनायक बस्ने ४० वर्षकी जेनिशा लामाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीले घाइतेमध्ये ९ जनालाई बीएन्डबी अस्पताल र ९ जनालाई ग्लोबल हस्पिटलमा पठाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
२१ साउन २०८३, बिहिबार ०३:०२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com