अर्घाखाँची ।अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् भने अन्य यात्रुहरू पनि घाइते भएका छन् ।
शुक्रबार गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत शितगंगा नगरपालिका–२ स्थित सुपा खोलाको भनपाटामा बस दुर्घटना भएको हो ।
अर्घाखाँचीबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको लु २ ख ३७२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनाका बेला बसमा ३० जना यात्रु सवार थिए ।
दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् भने अन्य यात्रुलाई समेत चोटपटक लागेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि शितगंगास्थित स्वास्थ्य संस्थामा लगिएको छ ।
प्रहरीका अनुसार बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
२० कार्तिक २०८३, शुक्रबार ०४:४० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com