काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा विभिन्न ६४ खाद्य व्यवसायी उपर मुद्दा दायर भएको छ । मुद्दा दायर गरिएकामा चाउचाउ उत्पादक सीजी फुड्स लगायतका उद्योग तथा व्यवसायी छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार गत साउनदेखि असोजसम्मको अवधिमा कैफियत भेटिका खाद्यपदार्थका उत्पादकमाथि कारबाही प्रकृया अघि बढाइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका कार्यालयहरुबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन, ०८१ मा भएको व्यवस्था अनुसार मानव स्वास्थ्य सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य बजार, उद्योग, होटल, रेस्टुरेन्ट लगायतका खाद्य व्यवसायको अनुगमन तथा निरीक्षण गर्ने क्रममा खाद्य निरीक्षण अधिकारीद्वारा ऐन बमोजिम संकलित नमुनाहरु प्रयोगशालामा जाँच गर्दा मापदण्ड विपरीत भइ कैफियत देखिएका खाद्य पदार्थको उत्पादक खाद्य व्यवसायीलाई सम्बन्धित जिल्ला अदालत तथा प्रमुख जिल्ला अधिकारी समक्ष मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com