info@nawayug.com

दसैँ–तिहार लक्षित सुरक्षा व्यवस्था, काठमाडौंमा ३ हजार ५०० प्रहरी परिचालन

काठमाडौं । दसैँ–तिहारलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सुरक्षा योजना लागू गरेको छ । योजनाअनुसार काठमाडौंमा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार चाडपर्व अवधिभर सादा पोशाक तथा बर्दीधारी प्रहरी परिचालन गरिनेछ । जोखिम बढेको अवस्थामा प्रहरीको संख्या थप गरिने उनले बताए ।

चाडपर्वका बेला चोरी, ठगी, लुटपाट तथा सार्वजनिक स्थानमा हुने दुर्व्यवहारलाई सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको प्रहरीले जनाएको छ ।

सुरक्षा योजनाअन्तर्गत २२ प्रकारका ड्युटीमा प्रहरी खटाइनेछ । विभिन्न नाकामा तालिमप्राप्त कुकुर परिचालन गरी चेकजाँच गरिनुका साथै सीसीटीभीमार्फत सुरक्षा निगरानी बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया