रामेछाप । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा रामेछापबाट नेपाल तरुण दलका निवर्तमान केन्द्रीय सदस्य सौरभ केसीले युवा क्लस्टरबाट महाधिवेशन प्रतिनिधिको दाबी गरेका छन् ।
३५ वर्ष मुनीको युवा क्लस्टरबाट २ खुला सदस्यमध्ये केसीले महाधिवेशन प्रतिनिधिको लागि प्रतिस्पर्धा गर्न लागेको बताए ।
तरुण दलको एक कार्यकाल केन्द्रीय नेतृत्व गरिसकेको र पार्टीमा युवाले हस्तक्षेप गरेर नयाँ चुनौतिको बीच भइरहेको महाधिवेशनमा आफूले सबैको सहयोगको अपेक्षा गरेको उनले बताए ।
रामेछापबाट महाधिवेशन प्रतिनिधिका लागि असोज १३ गते सदरमुकाम मन्थलीमा क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्दैछन् ।
सामाजिक र व्यवसायिक काममा समेत सक्रिय रहेका केसी खाँडादेवी गाउँपालिका ६ माकादुमबाट क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।
१० असोज २०८३, शनिवार ०४:१५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com