हेटौँडा । हेटौँडा–८ , मकवानपुरमा रहेको फारलाइन किरणचोक टोल विकास संस्थाको सातौँ साधारण सभा आज २०८३ असोज १० गते सम्पन्न भएको छ।
सभामा प्रमुख अतिथिका रूपमा मञ्जु भुर्तेल रहनुभएको थियो भने अतिथिका रूपमा हेटौँडा उपमहानगरपालिका नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी लगायतको उपस्थिति रहेको थियो।
साधारण सभाबाट साधुराम ग्यावाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा कल्पना वि.क., सचिवमा केशवप्रसाद अधिकारी, सहसचिवमा देवकी रूपाखेती, कोषाध्यक्षमा रेणुका कुमारी फुँयाल र सदस्यमा गोपी धिमिरे लगायत चयन हुनुभएको छ।
टोल विकास संस्थाले स्थानीयवासीबीच आपसी सहकार्य र समन्वय कायम गर्दै टोलको सरसफाइ, सामाजिक विकास, पूर्वाधार संरक्षण तथा स्थानीय समस्याको समाधानका लागि समुदायलाई संगठित गर्दै आएको छ।
साधारण सभामा संस्थाको आगामी कार्ययोजना, टोलको विकास तथा स्थानीयवासीको सहभागितालाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको जनाइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com