info@nawayug.com

भीमफेदीमा बसको ठक्करबाट ५८ वर्षीया महिलाको घटनास्थलमै मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपास्थित देउरालीमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५८ वर्षीया लीला खत्री रहेकी छन् । प्रहरीका अनुसार इपाबाट भीमफेदी हुँदै हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा सोही बसले उनलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया