info@nawayug.com

फुर्केखोलामा तत्काल पुल बनाउन उद्योगी–व्यवसायीको आग्रह

पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरो तथा बाढीले क्षति पुर्याउँदा आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । बाढीबाट प्रभावित उद्योगी–व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जाको साँवा–ब्याज भुक्तानीमा कम्तीमा एक वर्षको मिनाह गरिदिन माग गरिएको छ ।

क्षतिको आधारमा ब्याजमा सहुलियत तथा आंशिक मिनाहा, कर्जा पुनःसंरचना र पुनर्तालिकीकरणको व्यवस्था गर्न तथा प्रभावित ऋणीलाई कालोसूचीमा पर्नबाट जोगाउन नेपाल राष्ट्र बैंकमार्फत आवश्यक व्यवस्था गर्न पनि ज्ञापन पत्रमा आग्रह गरिएको छ ।

दसैँ–तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा सडक सञ्जाल र आपूर्ति व्यवस्थालाई सहज तुल्याउन प्रभावकारी अभियान अघि बढाउन सङ्घका अध्यक्ष रामकुमार डल्लाकोटीले आग्रह गरे ।


प्रतिक्रिया