काठमाण्डौ । रसुवाको टिमुरेमा रहेको भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उहाँहरू सम्पर्क विहीन रहेको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्क विहीन भएका हुन् । खोजी कार्य भइरहेको छ ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी भने सम्पर्कमा आउनुभएको छ ।
१० भदौ २०८३, बुधबार ०२:२७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com