info@nawayug.com

प्रचण्डको चेतावनी– ‘छोरी पिटेर बुहारी तर्साउने प्रयास सरकारकै लागि घातक’

काठमाडौं । नेपालको लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

युवापुस्तामाझ भेस्पा र अप्रिलिया स्कुटरप्रतिको बढ्दो आकर्षण तथा ग्राहकको सहजतालाई मध्यनजर गर्दै धनगढीमा नयाँ शोरुम विस्तार गरिएको कम्पनीले जनाएको छ।

डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले भेस्पा र अप्रिलियालाई देशभर सहज रूपमा उपलब्ध गराउने कम्पनीको योजनाअनुसार धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याइएको बताए।

उनका अनुसार नयाँ शोरुमबाट कम्पनीका अन्य आधिकारिक शोरुमबाट उपलब्ध हुँदै आएका सेवा तथा सुविधा ग्राहकले प्राप्त गर्न सक्नेछन्। कम्पनीले देशभर शोरुम तथा आधिकारिक सर्भिस सेन्टरको पहुँच विस्तार गर्दै आएको महतोले जानकारी दिए।

धनगढी उपमहानगरपालिका–४ स्थित वेस्टर्न म्याक नेपालबाट भेस्पा तथा अप्रिलियाका विभिन्न मोडलका स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

त्यहाँबाट हालै नाडामा सार्वजनिक गरिएको नेपालकै पहिलो १७५ सीसीको नयाँ अप्रिलिया स्कुटरसहित भेस्पाका आकर्षक मोडल तथा लाइल्याक र ओरो गोल्डेन गरी दुई नयाँ रङमा उपलब्ध स्कुटरसमेत खरिद गर्न सकिने बताइएको छ।

प्रतिक्रिया