काठमाडौँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्न ‘मिस्टर ग्लोबल नेपाल’ गिरिशरत्न शाक्य थाइल्यान्ड उडेका छन् । उनी सोमबार नेपाल एयरलाइन्सको विमानमार्फत थाइल्यान्ड प्रस्थान गरेका हुन् ।
२९ सेप्टेम्बरदेखि १० अक्टोबरसम्म थाइल्यान्डमा आयोजना हुने उक्त प्रतियोगितामा विश्वका करिब ४० देशका प्रतिस्पर्धीहरूको सहभागिता रहनेछ । प्रतियोगितामा शाक्य नेपालका तर्फबाट एक्लो प्रतिनिधि हुन् ।
‘मिस्टर नेपाल २०२५’ अन्तर्गत ‘मिस्टर ग्लोबल नेपाल’ को उपाधि जितेसँगै शाक्यले यो अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । उनलाई ‘मिस्टर नेपाल’ को आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले थाइल्यान्ड पठाएको हो ।
शाक्य प्रतियोगितामा मौलिक नेपाली कला र संस्कृति सहित प्रस्तुत हुन लागेको नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले जानकारी दिए । यस प्रतियोगिताका लागि शाक्यले आवश्यक प्रशिक्षण तथा विभिन्न तयारी पूरा गरिसकेका छन् । ‘मिस्टर ग्लोबल’ पुरुषहरूको सहभागिता रहने विश्वकै एक प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com