काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाका पूर्वनगरप्रमुख शिवनाथ महतो नेकपा परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
रास्वपा सभापति रवि लामिछानेले महतोलाई पार्टीमा स्वागत गरेका हुन्। महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट गौशाला नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए।
महतोसँगै स्थानीय नेता रामबाबु चौधरी पनि रास्वपामा प्रवेश गरेका छन्।
१४ असोज २०८३, बुधबार ०१:४४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com