हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९, एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बुधबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना ४२ प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ग १ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक तामाङ गम्भीर घाइते भएका थिए । दुर्घटनापछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएको थियो । दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, प्रहरीले ट्रक चालक सर्लाहीको धनकौल गाउँपालिका–१ निवासी ४४ वर्षीय नागेश्वर महतोलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com