info@nawayug.com

नेपाल आज ओमानसँग भिड्दै, जित निकाल्ने लक्ष्य

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

जारी शृङ्खलामा दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छन् । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो भने ओमानले पनि क्यानडालाई ४१ रनले हराएको थियो ।

नेपाल आजको खेलमा जित निकाल्दै अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्ने योजनामा छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न तालिकाको शीर्ष छभित्र रहनुपर्ने भएकाले नेपालका लागि यो खेल महत्वपूर्ण छ ।

हाल अङ्क तालिकामा ओमान चौथो र नेपाल छैटौँ स्थानमा छन् । आइसिसीको प्रावधानअनुसार लिग–२ को शीर्ष छमा रहने टोलीले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछन् । पुछारका दुई टोलीले भने मान्यता जोगाउन आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ ।

प्रतिक्रिया