मुख्य खबर

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । उनको पक्षमा ३१ सांसदले मतदान गरे । ५८ सांसदले मतदान गरेकामा नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी...

वागमती प्रदेशमा ५७ अर्ब ७२ करोडको बजेट, प्रदेशका सबै विद्यालयमा नर्स राखिने

मकवानपुर । वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट प्रदेशसभामा पेश गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्षक लागि चालूतर्फ २६ अर्ब एक करोड ६६ लाख २३ हजार र पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख चार हजारको बजेट पेश गरेका हुन्। वागमति प्रदेश सरकारले...

बागमती प्रदेशः आमाबुबा गुमाएका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

काठमाडौं । बागमती प्रदेश सरकाले कोभिडले आमाबाबु गुमाएका बालबालिकालाई स्थानीय तहको सहकार्यमा मासिक ३ हजार रुपैयाँ शैक्षिक तथा समाजिक भत्ता दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै प्रदेश का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले अन्य कारणले आमाबाबु गुमाएका बालबालिकालाई २ हजार सामाजिक सुरक्षा भत्ता दिने बताए । कोभिड १९ को असार कम...

स्थानीय तहलाई बागमती प्रदेशले साढे ७ अर्ब अनुदान दिने

मकवानपुर । स्थानीय तहलाई बागमती प्रदेशले ७ अर्ब ५० करोड वित्तीय अनुदान दिने भएको छ । बागमती प्रदेशका स्थानीय तहले प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब ५० करोड, समपूरक २ अर्ब ९२ करोड, प्रदेश विशेष अनुदान ४२ करोड र शशर्त अनुदान २ अर्ब ६६ करोड पाउने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले बताए । आगामी आर्थिक वर्ष २०७८/०७९...

भीमफेदी–कुलेखानीमा पोष्टबहादुरको नामबाट सुरुङमार्ग नबनाउन माओवादीको माग

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रममा भीमफेदी–कुलेखानी खण्डमा बन्ने ‘पोस्टबहादुर बोगटी’ सुरुङ मार्ग बनाउन सुरु गर्ने घोषणा गर्‍यो । यो सुरुङमार्गको आर्थिक र सञ्चालन सम्भाव्यतामाथि प्रश्न उठिरहेकै थियो, अहिले भने प्रस्तावित सुरुङमार्गबारे राजनीतिक रूपमै विवाद सुरु भएको छ । माओवादी नेता पोस्टबहादुर बोगटीको नाममा राखिएको यो सुरुङमार्ग निर्माण नगर्न नेकपा माओवादी केन्द्रले नै...

संवैधानिक परिषद्‌को नयाँ सिफारिसविरुद्ध सर्वोचमा रिट

काठमाडौं । संवैधानिक परिषदको वैशाख २६ गतेको बैठकले विभिन्न संवैधानिक आयोगमा गरेका नियुक्ति सिफारिस गरेका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नु संविधान विपरीत रहेको भन्दै उनीहरुको नियुक्ति रोक्न माग गरेको हो । उनले रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र...

बागमतीमा एमाले एक ढिक्का, नीति तथा कार्यक्रम बहुमतले पारित

मकवानपुर। बागमती प्रदेशको आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बागमतीमा सत्तारुढ दल नेकपा (एमाले)को बहुमत छ । एमालेकै खनाल–नेपाल समूहले साथ दिँदा नीति तथा कार्यक्रम शनिबार बहुमतले पारित भएको हो । बागमती प्रदेशसभामा १०९ सांसद छन् । ११० मध्ये एमालेका एक सांसदको निधन भएपछि एक पद रिक्त छ । त्यहाँ बहुमतका लागि ५५...

७७ जिल्लामा गृहको परिपत्र: आर्थिक गतिविधि अगाडि बढ्ने गरी पूर्वतयारीमा लाग्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हाले लगत्तै उनकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड–१९ नियन्त्रणमा सक्रियतापूर्वक लाग्न र...

माओवादी केन्द्रले सातै प्रदेशमा पठायो स्वास्थ्य सामग्री

काठमाडौं । नेकपा माओवादी केन्द्रले सातै प्रदेशमा स्वास्थ्य सामग्री पठाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशमा लगेर वितरण गर्ने गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कार्यालय सचिव श्रीराम ढकालका अनुसार पार्टीका नेताहरुमार्फत स्वास्थ्य सामग्री पठाइएको हो । ‘प्रदेशमा लगेपछि पार्टी संरचनाले प्रदेश सरकारसंग समन्वय गरेर सामाग्री हस्तान्तरण गर्नेछ’...

मकवानपुरमा ७०० विपन्न परिवारलाई खाद्यान्न वितरण

मकवानपुर । मकवानपुरमा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । जिल्लाको पश्चिमभेगमा पर्ने राक्सिराङ गाउँपालिकाको दुर्गम भेग वडा नं ७ र ९ मा आज बिहानदेखि विपन्न परिवारलाई खाद्यान्न सामग्रीका प्याकेट वितरण गरिएको छ । कोरोना संक्रमणको जोखिम र निषेधाज्ञाका कारण ती दुवै वडाका दैनिक ज्यालादारी गर्ने अवसरबाट वञ्चित भएका करीब ७०० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य...